कानुनको माग गर्दै बानेश्वरमा मिटर ब्याज पीडितको धर्ना (तस्बिरहरु)



काठमाडौं । मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडित धर्नामा बसेका छन् ।

मिटर ब्याजसम्बन्धी कानुन पारित गर्न माग गर्दै पीडितले आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । संघीय संसदभवन घेराउँ गर्दै उनीहरु बानेश्वरमा धर्नामा बसेका छन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण निष्क्रिय भएको छ ।

कानुन पास गर्न नसक्नुमा सरकारले प्रमुख प्रतिपक्षीलाई दोष लगाएको छ ।


क्लिकमान्डु