सहकारी संस्थाले १ करोडभन्दा बढी ऋण लगानी भएका व्यक्ति वा संस्थाको विवरण विभागमा बुझाउनु पर्ने
काठमाडौं । सहकारी संस्थाहरुले १ करोडभन्दा बढी ऋण लगानी भएका व्यक्ति वा संस्थाको विवरण संघीय सहकारी विभागमा पठाउनु बुझाउनु पर्ने भएको छ ।
सहकारी संस्थाहरुले पेश गर्नुपर्ने विवरण समयमा नै पेश नगरेपछि विभागले उक्त विवरण माग गरेको हो ।
विभागले आर्थिक वर्ष २०७८/०७९ को साधारण सभामा उपस्थिति तथा निर्णयको प्रमाणित प्रतिलिपी, लेखापरीक्षण प्रतिवेदन ३० दिन भित्र विभागमा पेश गर्न भनेको छ ।
यस्तै सञ्चालक समिति, लेखा समिति र व्यवस्थापकको नागरिकको प्रतिलिपीसहित तीन पुस्ते विवरण समेत बुझाउन माग गरेको छ । ३० दिन भित्र सम्पूर्ण विवरण अनिवार्य नबुझाए कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।
सहकारी ऐन २०७४ को दफा ७३ मा सहकारीहरुले प्रत्येक वर्ष रजिस्ट्रार समक्ष तोकिएको विवरण अनिवार्य पठाउनुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।