सहकारी संस्थालाई विभागले दियो छुट सुविधा



काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थालाई ५ बुँदे निर्देशन जारी गरेको छ । विभागले सहकारी संघ संथाका लागि बिहीबार जारी गरेको ५ बुँदे निर्देशनमा विभिन्न छुट सहुलियत दिएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को व्याज २०८० साउन १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आवको आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने ।

यस्तै विभागले ऋणी सदस्यहरूमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागका आधारमा गत आवमा खराब ऋणीको सूचीमा नपरेका तथा गत आवमा कर्जा पूर्नतालिकीकरणको सुबिधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि पूर्नतालिकीकरणको व्यवस्था गर्न सकिने विभागले जनाएको छ ।

यस्तै सहकारी संघ/संस्थाले आफ्ना सदस्यहरूसंग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित गर्न निर्देशन दिएको छ ।

वित्तीय साक्षरता कार्यक्रम संचालनमा जोड दिँदै संघ संस्थाको बचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

विभागले कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघ-संस्थाले कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवर्द्धन, सदस्यहरूको उत्पादनको वजारीकरण गरी सदस्यहरूलाई कृषिको व्यवसायिकरण गर्न प्रेरित गर्ने जनाएको छ ।


क्लिकमान्डु