एजेन्सी । दक्षिण अफ्रिकामा ग्यास लिक भएर १६ जनाको मृत्यु भएको छ । जोहानिसबर्गको बोक्सबर्गमा यो हादसा भएको हो ।
स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार मृत्यु हुनेमा बालबालिका र महिला रहेका छन् ।
दुर्घटना नाइट्रेट अक्साइड ग्यास लिक भएर भएको बताइएको थियो । जहाँ ग्यास लिक भएको थियो त्यहाँ अवैध रुपमा सुनको उत्खनन हुने गरेको बताइएको छ ।
नाइट्रेट अक्साइड ग्यास आमरुपमा सुनको अवैध उत्खनन गर्नेहरुले प्रयोग गर्छन् । यसलाई जामा जमास भनिन्छ ।
बोक्सबर्गको घना आवास क्षेत्रमा एक सिलिन्डर फेला परेको छ जसबाट ग्यास लिक भइरहेको थियो ।
सबै पीडित यो क्षेत्रबाट १०० मिटरको रेन्जमा पाइएका थिए । उनीहरुलाई अस्पताल लगिएको थिएन । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।
प्रतिक्रिया