सीजी डिजिटलको २३ औँ शोरुम भक्तपुरको गट्ठाघरमा



भक्तपुर । चौधरी ग्रुपको आफ्नै विद्युतीय सामग्रीको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सीजी डिजिटलको २३ औँ शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ ।

एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतले बुधबार रिबन काटेर शोरुमको उद्घाटन गरे ।

सीजी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टीसीएल, गोदरेज, सेन्सी, मिडिया, बेको, ब्ल्याक+डेकर, केन्ट, एलिका, पिजन, क्रोम्पटन लगायतका विभिन्न घरायसी विद्धुतीय सामग्रीहरु जस्तै – एलईडी टीभी, वाशिङ्ग मशिन, रेफ्रिजरेटर, माइक्रो वेव ओवन, भ्याक्युम क्लिनर, डिशवाशर, एयर प्युरिफायर, म्यूजिक सिस्टम, राइस कुकर, मिक्सचर ग्राइन्डर, स्मार्ट घरेलु उपकरण, स्मार्ट होम उपकरणहरु लगायतका थुप्रै सामानहरु रहने छन् ।

भुइँ तलाको २२५० वर्गफिट क्षेत्रफलमा बनेको यस सी जी डिजिटलको शोरुम, गट्ठाघर चोकको मुख्य व्यापारिक केन्द्रमा पर्छ । जहाँ नि:शुल्क पार्किङ्गको पनि व्यवस्था रहेको सीजीले जनाएको छ ।

भक्तपुरको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको जनाइएको छ ।

दक्ष्य र अनुभवी विक्रय व्यक्तिहरुबाट यहाँ भएका विद्धुतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ। यो शोरुम हप्ताको सातै दिन बिहान १०:०० बजे देखि बेलुका ०७:३० बजे सम्म संचालन हुने छ।

ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा सम्पर्क गर्न सकिने सीजीले जनाएको छ ।

चौधरी ग्रुपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर र पोखरामा पनि सी जी डिजिटल शोरुम संचालन गरि सकेको छ। आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा विस्तार गरिने पनि जानकारी दिएको छ ।


क्लिकमान्डु