सहकारीले कर्जा नतिरेपछि ललितपुर बहुउद्देश्यीय संघले निकाल्यो ३५ दिने सूचना



काठमाडौं । कतिपय सहकारी संस्थाहरु बचतकर्तालाई ठगेर भागिरहेको समयमा केही सहकारीहरु बहुउद्देश्यीय केन्द्रीय सहकारी संघबाट लिएको कर्जा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

सहकारीले लिएको कर्जा नतिरेको भन्दै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकार संघ ललितपुरले ऋणी संस्थालाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना निकालेको छ।

संघबाट कर्जा लगेर नतिरेपछि ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा रहेको मुलडाँडा बहुउद्देश्यीय सहकारी संस्थाले नतिरेको भन्दै कर्जा भुक्तान गर्न ३५ दिने सूचना निकालेको छ ।

संस्थाले व्यवसायीक प्रयोजनका लागि लागेको कर्जाको साँवा, ब्याज लगायत अन्य दस्तुर आदि नतिरेको र संघसँग गरेको सम्झौता उंल्लघन भएको संघले जनाएको छ ।

संघले सम्पूर्ण लेना रकम चुक्ता गर्न पटक–पटक लिखित तथा मौखिक रुपमा ताकेता गरेको र सो गर्दा समेत संघको कर्जा चुक्ता गर्ने तर्फ कुनै चासो नदेखाएको भन्दै कर्जा चुक्ता गर्न अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरुको नाममा सूचना जारी गरेको जनाएको छ ।

३५ दिन भित्र कर्जाको सम्पूर्ण साँवा, ब्याज आदी चुक्ता नगरेको खण्डमा धितोमा राखेको जग्गा लिलाम बिक्री गरी कर्जा असुल गर्ने जनाएको छ ।

सहकारीको अध्यक्षमा समिरन राई, उपाध्यक्ष राम सुन्दर कार्की, सचिव यशोदा बुढाथोकी, कोषाध्यक्ष पविन राई रहेका छन् । यस्तै सदस्यहरुमा हेम बहादुर महर्जन, हुकमेन जिमी राई, नारायण थापा मगर रहेका छन् ।


क्लिकमान्डु