पूर्वका उद्योगीले कुलमानसँग मागे सुख्खायाममा विद्युत उपलब्ध गराउने र ट्रिपिङको समस्या समाधान गर्ने योजना



काठमाडौं । उद्योग संगठन मोरङका प्रतिनिधिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग भेट गरेका छन् ।

भेटमा संगठनका अध्यक्ष राकेश सुरानाले कोशी प्रदेशका उद्योगहरुले सुख्खायाममा भोग्नु परेको अघोषित लोडसेडिङ, ट्रिपिङ, भोल्टेज प्mलक्चुएशनको समस्याबाट उद्योग व्यवसाय आजित भएको बताए ।

आगामी ५ वर्षमा नेपाल विद्युत प्राधिकरणको विद्युत आपूर्ति गराउने, आगामी वर्षदेखि सुख्खायाममा विद्युत उपलब्ध गराउने र गुणस्तरीय विद्युत आपुर्तिमा देखापरेको भोल्टेज फल्क्च्यूएशन तथा ट्रिपिङको समस्या सम्बोधन गर्ने योजना स्पष्ट पार्न आग्रह गरे ।

छलफलमा प्रबन्ध निर्देशक घिसिङले विद्युत पर्याप्त मात्रामा उपलब्ध भएतापनि ट्रान्समिसन लाईनको पूर्वाधार निर्माणमा भएको समन्वयको अभाव हुन ढिलाईका कारणले विद्युत उपलब्ध गराउन नपाएको बताए ।

उनले ढल्केवर–ईनरुवा चार समय के.भि.ए प्रशारण लाईन आगामी केही महिना भित्र निर्माण सम्पन्न हुने, बर्जु लगायतका स्थानमा सवस्टेशन निर्माणका क्रममा रहेकाले आगामी वर्षदेखि समस्यामा क्रमशः सुधार भई विद्युत अभावको समस्या नरहने जानकारी दिए ।

विद्युतको ट्रिपिङ, लो भोल्टेज, फल्क्चुएशन जस्ता स्थानीय स्तरमा देखिएका समस्या समाधानाका लागि भार सम्प्रेशण केन्द्र, विद्युत वितरण केन्द्रका प्रमुखको उपस्थिती तथा उद्योग संगठनको समन्वयमा विराटनगरमा छलफल गरी समस्या समाधानका लागि पहल गर्ने सहमति भएको छ ।


क्लिकमान्डु