आनन्द एग्रो इन्डष्ट्रिजले गर्‍यो ८९ करोडको व्यापार



काठमाडौं । आनन्द एग्रो इन्डष्ट्रिजले एकै वर्ष ८९ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८९ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा ८२ करोड २० लाख र सन् २०२० मा ५१ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१६ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी नेपाली बजारमा चामल बिक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा भागवत, कैलाश र त्रिनेत्र ब्रान्डमा विभिन्न प्रकारका चामल बिक्री गर्दै आएको जनाएको छ ।

आनन्द पन्थी अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८२ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २६ करोड ३१ लाख रुपैयाँ अर्थात्  डबल बी र अल्पकालीन कर्जाका लागि ५५ करोड ९९ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२२ मा १२.५४ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले सन् २०२० मा ११.३४ प्रतिशत र सन् सन् २०२१ मा ६.०८ प्रतिशतले नाफा बढाएको थियो ।


क्लिकमान्डु