सेयर बजारमा उछाल, करिब साढे ६ अर्बको कारोबार



काठमाडौं । सेयर कारोबारका लागि साताको पहिलो दिन आइतबार बजार उछाल छाएको छ ।

कारोबारको सुरुदेखि नै आएको बढोत्तरी अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ६२.२१ अंकले बढेर परिसूचक २११७.७३ बिन्दुमा रोकिएको छ ।

२७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको १२.७४, विकास बैंक १७४.६९, वित्त ९८.०९, जलविद्युत ४६.४४, जीवन बिमा ८९१.५६, उत्पादन तथा प्रशोधन २३७.०४, निर्जीबन बिमा ६६६.९७, अन्य ७९.६२, ट्रेडिङ समूहको उपसूचक १३१.२४ अंकले बढेको छ ।

कारोबारमा जीवन बीमा कर्पोरेशन, हिमालयन लाइफ, सामालिङ पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ४९ करोड ९० लाख ७३ हजार ९२० रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा सोल्टी होटल र हिमालयन डिष्ट्रिलरी रहेका छन् ।


क्लिकमान्डु