महानगरको बजेट: धुलो रहित काठमाडौं बनाउन १ अर्ब रुपैयाँ बजेट



काठमाडौं । काठमाडौं महानगरपालिकाले धुलो रहित काठमाडौं बनाउनका लागि बजेट बिनियोजन गरेको छ ।

आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट पेस गर्दै धुलो रहित काठमाडौं बनाउनका लागि बजेट बिनियोजन गरेकी हुन् ।

धुलो रहित काठमाडौं योजना कार्यान्वयन गर्का लागि यस योजना अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि १ अर्ब रुपैयाँ रकम विनियोजन गरेको डंगोलले जानकारी दिइन् ।

महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट पेस गरिएको छ ।


क्लिकमान्डु