१ अर्ब ७० करोड लगानीमा सुर्खेत मेडिकल कलेज बन्ने



काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत जिल्लामा १ अर्ब ७० करोड लगानीमा सुर्खेत मेडिकल कलेज बन्ने भएको छ ।

सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले वीरेन्द्रनगर नगरपालिकाको ११ र १३ नम्बर वडामा १ अर्ब ७० करोड लगानीमा कलेज निर्माणको लागि प्रस्ताव गरेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ ।

प्रतिवेदनअनुसार २९.८८९ हेक्टर क्षेत्रफलमा मेडिकल कलेज बन्नेछ । उक्त ठाउँमा मेडिकल कलेज तथा अस्पताल निर्माण हुनेछ । त्यस्तै, प्रस्तावित प्रतिवेदनमा साइट ‘ए’ र ‘बी’ मा निर्माण गर्ने उल्लेख गरिएको छ ।विकास आयोजना साइट ‘ए’ १६.५० हेक्टर र साइट ‘बी’ १३.३८९ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ ।

निर्माणका लागि तयारी रहेको अस्पतालमा साइट ‘ए’ मा १० वटा ब्लक र साइट ‘बी’ मा ११ ब्लक हुनेछ । उक्त अस्पतालमा ६ सय सय्याको सुविधा हुनेछ । साथै, वार्षिक एक सय जनाले विद्यार्थीले पढ्न पाउनेछन् ।

मेडिकल कलेजमा ८ वटा संकाय तथा डिमापर्टमेन्ट हुनेछ । जसमा अनाटोमी, फिजियोलोजी, बायोक्यामेष्ट्रि, प्याथोलोजी, माइक्रोबायोलोजी, फर्माकोलोजी, फोरेन्सिक मेडिकलसहित टोक्सीओलोली र कम्यूनिटी मेडिसिनको संकाय तथा डिपार्टमेन्ट हुनेछ ।

प्रतिवेदनअनुसार कर्णाली मेडिकल कलेजमा ३ वटा ब्लक अस्पताल, १/१ ब्लक एटेन्डेन्स होस्टेल, प्रिकिनिकल ब्लक, २/२ वटा ब्लकमा सिनियर र जुनियर रेसिडेन्ट होस्टेल र असिस्टेन्ट प्रोफेसर क्वार्टर, ४/४ वटा असोसियट प्रोफेसर क्वार्टर/प्रोफेसर क्वार्टर र ३ वटा ब्लकमा टाइप एको स्टाफ क्वार्टर बन्नेछ ।

त्यस्तै, ४/४ वटा ब्लकमा टाइप २/टाइप ३ को स्टाफ क्वार्टर, १ ब्लकमा गल्र्स होस्टेल, २ वटा ब्लकमा प्रशासन ब्लक, १/१ ब्लकमा बाइज/नर्स होस्टेल र १/१ ब्लकमा अध्यक्षको लागि भवन, गेष्ट हाउस इलेक्ट्रिकल ब्लक, लाइब्रेरी ब्लक, मोर्टयुरी ब्लक र वेस्ट ट्रिटमेन्ट प्लान्टको व्यवस्था हुनेछ । साथै, ३ वटा ब्लक गार्ड र २ वटा ब्लकमा क्यान्टिनको व्यवस्था हुनेछ । अस्पतालको भवनहरु ९५ हजार १६० वर्गमिटरमा निर्माण हुनेछ ।


क्लिकमान्डु