थ्रीस्टार हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि निष्कासन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदनकले आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ ।

कम्पनीले असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निस्कासन गरेको थियो । जसमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय, ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । यस्तै कम्पनीका कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको थियो ।

६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।


क्लिकमान्डु