सेयर बजारमा सामान्य सुधार,३ अर्ब ४४ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । उतार चढाबकाबीच बजारमा ४.७५ अंकको सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ४.७५ अंकले बढेर परिसूचक २०५५.५३ बिन्दुमा रोकिएको छ । २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कित्ता सेयर ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको छ । यो दिन बैंकिङ समूहको उपसूचक ६.९४, विकास बैंक २३.३१, वित्त कम्पनी ४.४२, जलविद्युत ४०.७५, उत्पादन तथा प्रशोधन २३.०४, माइक्रोफाइनान्स २४.९४, टे«डिङ समूहको उपसूचक ८.१७ अंकले घटेको छ । कारोबारमा होटल ४४८.९८, जीवन बिमा ३५९.२२, निर्जीबन बिमा समूहको उपसूचक २९५.२६, अन्य समूहको उपसूचक ११.२४ अंकले बढेको छ ।

कारोबारमा ४ कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । तारागाँउ रिजेन्सी, ओरियन्टल होटल, कालिन्चोक दर्शन, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सोल्टि होटल अग्रस्थानमा रहेको छ । होटलको २९ करोड ६३ लाख ८२ हजार ७३८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र शिवम सिमेन्ट रहेका छन् ।


क्लिकमान्डु