अप्पर लोहोरे खोलाको आईपीओ निष्कासन



काठमाडौं । अप्पर लोहोरे खोला हाईड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (निष्कासन) गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँको ५ लाख ९ हजार ८०४ कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कास गरेको छ ।

जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयर आयोजना प्रभावित दैलेख जिल्लाको नौमुले गाउँपालिका–३ का बासिन्दाले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्तामा नौमुले गाउँपालिका–३ बाहेक दैलेख जिल्लाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ करोड ९८ लाख ८२ हजार ४ सय रुपैयाँको १ लाख ९८ हजार ८२४ कित्ता साधारण रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

आईपीओमा आयोजना प्रभावित र रोजगारीका लागि विदेशमा रहेका नेपालीले असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको खण्डमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २५ हजार कित्तासम्मको आवेदन दिन सकिने छ ।
रोजगारीका लागि विदेशमा रहेका नेपालीले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

आयोजना प्रभावित स्थानीयले एनआइसी एसिया, प्रभु, ग्लोबल आइएमई बैंकका स्थानीय शाखाबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु