११ महिनामा १ खर्ब ६० अर्बले बढ्यो कर्जा, प्रत्येक नेपाली थाप्लोमा ७३ हजार २३५ रुपैयाँ ऋण



काठमाडौं । नेपाल सरकारको ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिनामा नेपाल सरकारको ऋण १ खर्ब ६० अर्ब रुपैयाँले बढेको हो ।

गत असार मसान्तमा नेपाल सरकारको ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो । त्यसमा आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब बाहय ऋण १० खर्ब २५ अर्ब रुपैयाँ थियो ।

एक वर्षको अवधीमा नेपाल सरकारले प्रतिव्यत्ति ५ हजार ३९१ रुपैयाँले ऋण बढाएको छ । जसले गर्दा गत वर्ष असार मसान्तमा ६७ हजार ८४४ रुपैयाँ रहेको प्रतिव्यक्ति ऋण बढेर ७३ हजार २३५ रुपैयाँ ऋण पुगेको छ ।

११ महिनामा आन्तरिक ऋण १ खर्ब १२ अर्ब रुपैयाँले बढेर १० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । यस्तै वैदेशिक ऋण ४८ अर्ब रुपैयाँले बढेर १० खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ ।

११ महिनामा नेपाल सरकारले २ खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएपनि विगतमा लिएको १ खर्ब रुपैयाँ चुक्ता गरेकाले यो वर्ष १ खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण बढेको हो । यस्तै, असार १ गते सम्म नेपाल सरकारले ७१ अर्ब ४७ वैदेशिक ऋण लिएपनि २३ अर्ब ३७ करोड रुपैयाँ पुरानो ऋण चुक्ता गरेको छ ।


क्लिकमान्डु