कास्कीको माछापुच्छ्रेमा ४.९५ मेगावाटको हाइड्रोपावर बन्दै



सांकेतिक तस्बिर

काठमाडौं । गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा ४.९५ मेगावाट क्षताको जलविद्युत आयोजना बन्ने भएको छ ।

माछापुच्छ्रे गाउँपालिकामा रहेको मिवाजे खोलामा मिवाजे साना खोला जलविद्युत आयोजना बन्ने भएको हो । मा दुर्गा काली हाइड्रोपावर कम्पनी प्रा.लि.ले विद्युत विकास विभागमा उक्त जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादनको अनुमति पत्रका लागि दरखास्त दिएको विभागले जनाएको छ ।

नदी प्रवाहमा आधारित प्रकारको यो आयोजनाको जडित क्षमता ४.९५ मेगावाट रहनेछ । आयोजनाबाट वार्षिक रुपमा सरदर २९.८३० गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुनेछ । विद्यूत उत्पादनका लागि मिवाजे खोलाको पानी फर्काउन बाँध बनाइने र उक्त बाँधको लम्बाइ १२ मि र चौडाई १.५ मिटर तथा उचाई १ मिटरको रहने सूचनामा उल्लेख गरिएको छ ।

आयोजनाबाट उत्पादित विद्यूतलाई आयोजनाकै विद्युत गृहको ३३ किलोभोल्डको स्वीचयार्डमा जडान हुने पावर ट्रान्सफर्मरबाट करिब ३.६ किमि लामो ३३ केभिको सिंगल सर्किट प्रसारण लाइनमार्फत माथिल्लो सेती खोला जलविद्यूत आयोजनाको स्वीचयार्डमा जोडिने बताइएको छ ।

यो आयोजना २०८४ को असार ०८ गतेबाट विद्युत उत्पादन हुने गरि प्रस्ताव गरिएको छ ।


क्लिकमान्डु