बाल्ट्रा ब्रान्डको इलेक्ट्रोनिक सामग्री बेच्ने कम्पनीको व्यापार २३ प्रतिशत वृद्धि



काठमाडौं । बाल्ट्रा ब्रान्डको इलेक्ट्रोनिक सामग्री बेच्ने बालाजी एनपी कम्पनीको व्यापार २३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २३ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा  १ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीका अनुसार पछिल्लो पाँच वर्षमा निरन्तर व्यापार बढ्दै जाँदा  हरेक वर्ष ११ प्रतिशतले नाफा कमाएको जनाएको छ ।

त्यस्तै कम्पनीले सन् २०२० मा ९२ करोड रुपैयाँ, सन् २०१९ मा ९१ करोड १० लाख रुपैयाँ र सन् २०१८ मा ४१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१२ मा स्थापना भएको कम्पनीले बाल्ट्रा ब्रान्डको घरायसी तथा भान्सामा प्रयोग हुने इलेक्ट्रोनिक सामग्री आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । बेलारानी अग्रवालको ९१ प्रतिशत र ९ प्रतिशत कन्चनकुमार अग्रवालको हिस्सा रहेको कम्पनीको प्रबन्ध निर्देशक शुशीलकुमार अग्रवाल जैन हुन् । 

देशभर ६० वटा वितरक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड ६४ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु