वाइकोको सिस्टममा समस्या, लगानीकर्तालाई कारोबार गर्न सास्ती



काठमाडौं । सोमबार सेयर कारोबार भइरहेको समयमा वाइकोको सिस्टममा समस्या देखिएको छ ।

सेयर लगानीकर्ताले खरिद बिक्री गर्दा एक पटक राखेको अर्डर इडिट गर्न नमिल्लने भएपछि लगानीकर्ताहरु समस्यामा परेका हुन् ।

सिस्टममा आएको समस्या समाधानका लागि प्राविधिकहरुले अध्ययन गरिरहेको नेप्सेले जनाएको छ ।

करिब २ घण्टादेखि सिस्टममा समस्या भइरहेको र यसबारे लगानीकर्ताहरुले आफूहरुलाई रिपोर्ट गरिरहेको एक ब्रोकरले जनाए।


क्लिकमान्डु