वाणिज्य बैंकले १० महिनामा कमाए ५७ अर्ब १७ करोड नाफा, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

सञ्चालनमा रहेका २१ वटा बैंकले वैशाख मसान्तसम्म उक्त रकम नाफा आर्जन गरेका हुन् ।

बैंकहरुले चैत मसान्तमा ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ कमाएका थिए । बैंकहरुको नाफा एक महिनाको अवधिमा ८ अर्ब ४६ करोड ७८ लाख रुपैयाँले बढेको छ ।

यो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ ।

बैंकले ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । वैशाख महिनासम्ममा ८ वटा बैंकको नाफा २ अर्ब माथी रहेको छ । २ अर्ब भन्दा कम नाफा हुनेमा ८ वटा बैंक रहेका छन् ।

सबै थोरै नाफा कृषि विकास बैंकको १ अर्ब २२ करोड २६ लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु