माग अनुसार आवेदन परेपनि घोराही सिमेन्टले आईपीओमा आवेदन दिने समय थप्नुको यस्तो छ कारण



काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको साधारण सेयर (आईपीओ) मा माग भन्दा बढी नै आवेदन परेपछि आवेदन दिने समय थपिएको छ ।

आज कार्यालय समय भित्र आवेदन दिन पाउने भएपनि कम्पनीले आवेदन दिने समय थपेको जनाएको छ । कम्पनीका अनुसार अहिलेसम्म परेका आवेदन प्रमाणित हुने प्रकृयामा रहेको भन्दै आवेदन दिने समय थपेको जनाएको छ । कम्पनीले आईपीओमा आवेदन दिने समय असार १४ गतेसम्म पुर्याएको छ । उक्त अवधिमा यथोचित संख्यामा प्रमाणित आवेदन प्राप्त भएमा असार १४ अगावै पनि आवेदन बन्द गर्ने जनाएको छ ।

कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको हो । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेको छ ।


क्लिकमान्डु