कनेक्ट आईपीएस प्रयोग गर्दा २० हजार ८० रुपैयाँसम्मको क्यासब्याक अफर
काठमाडौं । कनेक्ट आईपीएसले असार ३ देखि ३० सम्म लागू हुने गरी इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत कनेक्ट आईपीएसमार्फत लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत (अधिकतम २ हजार ८० रुपैयाँ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले २० हजार ८० क्यासब्याक प्राप्त गर्नेछन् ।
लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताको जानकारी एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ । कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवेमार्फत गरिएको लाइफ इन्स्योरेन्ससम्बन्धी प्रिमियम भुक्तानीमा मात्र अफर लागू हुने कम्पनीले जनाएको छ ।
कनेक्ट आईपीएस बैंकका ग्राहकका लागि एकै प्ल्याटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानी गर्नका निम्ति एक सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाखसम्म र मोबाइल एपमार्फत प्रतिकारोबार २ लाखसम्म भुक्तानी गर्न सकिन्छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कनेक्ट आईपीएसका ५२ सदस्य बैंक वित्तीय संस्थामार्फत ३,६२६ अर्बबराबरको ४ करोड ५० लाखभन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।