लक्ष्मी बैंकको विशेष साधारणसभाले पारित गर्यो सनराइजसँग मर्ज हुने प्रस्ताव
काठमाडौं । लक्ष्मी बैंकले आइतवार विशेष साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभाले लक्ष्मी बैंक र सनराइज बैंकबीच १ बराबर १ को स्वाप रेसियो अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने शेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुबै बैंक गाभिई एकीकृत कारोबार शुरु गर्ने बैंकको लक्ष्य रहेको छ ।