सेयर बजारमा उछाल, ४ अर्ब ८६ करोडको कारोबार




काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो ।

बजार मापन गर्ने सूचक ५२.२६ अंकले बढेर परिसूचक २०९४.३३ बिन्दुमा रोकिएको छ । २८० कम्पनी १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३.५५ अंकले घटेको छ । बाँकी सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।
कारोबार विकास बैंक ५०.१२, वित्त ३५.७७, होटल २९४.४०, जलविद्युत १०२.०१, जीवन बिमा ६९४.१४, उत्पादन तथा प्रशोधन १४२.०१, माइक्रोफाइनान्स १०३.५२, निर्जीबन बीमा ५००.३० टेडिङ ८७.०८, अन्य समूहको उपसूचकमा ८६.३० अंकले बढेको छ ।

कारोबारमा १९० कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ६४ लाख ९९ हजार १५८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सोल्टि होटल रहेको छ ।


क्लिकमान्डु