दोल्ती पावर कम्पनी ५ करोड घाटामा, विद्युत बिक्रीबाट हुने आय घट्यो



काठमाडौं । दोल्ती पावर कम्पनी नोक्सानमा गएको छ ।

गत आवको तेस्रो तैमासमा नाफामा रहेको कम्पनी चालु आवको सोही अवधिमा नोक्सानमा पुगेको छ । चैत मसान्तसम्म कम्पनी ५ करोड ७३ हजार ८३५ रुपैयाँ नोक्सानमा रहेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको नाफा ५० लाख ८३ हजार ४८१ रुपैयाँ रहेको थियो । यो अवधिको कम्पनी नाफामा जानु भन्दा पनि नोक्सानमा गएको छ । यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेको छ । जसको असर नाफामा परेको छ ।

गत आवमा कम्पनीले ८ करोड ३७ लाख ४ हजार ६६२ रुपैयाँको बिद्युत बिक्री गरेकोमा चालु आवको सोही अवधिमा विद्युत बिक्रीबाट हुने आय घटेर ६ करोड ५५ लाख ३२ हजार ९३० रुपैयाँ रहेको छ ।

४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ९ करोड ७८ लाख २६ हजार ४९५ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५१ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ५६ पैसा रहेको छ ।


क्लिकमान्डु