भूगोल इनर्जी करिब साढे ६ करोड नोक्सानमा, प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ २१ पैसा



काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको नाफामा गिरावट आएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको नोक्सान बढ्दै गएको छ । चालु आवको तेस्रो त्रैमासमा कम्पनी नोक्सान ६ करोड ४७ लाख १४ हजार ३९४ रुपैयाँ नोक्सानमा रहेको छ।

गत आवको सोही अवधिमा कम्पनीको नोक्सान ८४ लाख ४९ हजार १४४ रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेको छ । गत चैत मसान्तमा ३ करोड ३७ लाख ४९ हजार रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेकामा चालु आवको सोही अवधिमा घटेर २ करोड ३४ लाख २५ हजार ८१० रुपैयाँ रहेको छ ।

४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १६ करोड ७१ लाख ८७ हजार ९१५ रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिसेयर आम्दानी १६ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ २१ पैसा रहेको छ ।


क्लिकमान्डु