सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट (पूर्णपाठ)




काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आवका लागि उक्त रकमको बजेट विनियोजन गरेका हुन् । सरकारले चालु खर्चतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२.७९ प्रतिशत, पुँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८.१६ प्रतिशत विनियोजन गरेको छ ।

यस्तै अन्तर सरकारी वित्त हस्तान्तरण अन्तरगत २ अर्ब ३४ करोड ७५ लाख ७० हजार अर्थात् ८.०२ प्रतिशत, वित्तिय व्यवस्थातर्फ ३० करोड अर्थात १.०३ प्रतिशत हुनेगरी विनियोजन गरिएको छ ।

प्रदेश सरकारले विनियोजन गरेको उक्त बजेटको खर्च व्यहोर्नका लागि आन्तरिक राजस्वबाट १ अर्ब ५० करोड, सरकारबाट राजश्व बाँडफाँड भई ९ अर्ब ४१ करोड १७ लाख प्राप्त हुने, रोयल्टी बाँडफाँडबाट ६ करोड ५६ लाख ८ हजार, वित्तिय समानीकरण अनुदान ८ अर्ब ५२ करोड ३ लाख प्राप्त हुने उल्लेख छ ।

यस्तै चालु आर्थिक वर्षको विनियोजनबाट ३ अर्ब ८६ करोड बचत हुने, सशर्त अनुमान बापत ४ अर्ब ५१ करोड १६ लाख, विशेष अनुदानबाट ६२ अर्ब प्राप्त हुने अनुमान गरेको जनाएको छ ।


क्लिकमान्डु