एफवान सफ्ट इन्टरनेसनलले ६ महिनामा गर्‍यो ६ अर्ब आम्दानी



काठमाडौं । इसेवा, फोनपेलगायत डिजिटल वालेटको सेवा दिँदै आएको सफ्ट इन्टरनेसनल कम्पनीले ६ महिनाको अवधिमा ६ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले गत वर्ष गरेको आम्दानी गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा २२ प्रतिशतले घटेको छ ।

कम्पनील सन् २०२२ मा १५ अर्ब ६४ करोड, २०२१ मा ११ अर्ब  ७८ करोड ७० लाख, २०२० मा ८ अर्ब ५ करोड १० लाख र २०१९ मा ५ अर्ब ६३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले विशेषगरी डिजिटल टपअप अफ मोबाइल फोन ब्यालेन्स र बल्क एसएमएस सर्भिस दिँदै आएको छ ।

कम्पनीअन्तर्गत फिनटेक स्पेक्ट्रम, डिजिटल वालेट कम्पनी (इसेवा प्रालि), पेमेन्ट गेटवे कम्पनी (फोनपे पेमेन्ट सर्भिस लिमिटेड) लगायत अन्य सुविधा र टेक बेस्ड कम्पनीको रुपमा काम गर्दै आएको छ ।

विश्वास ढकालको ३५ प्रतिशत हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७७ करोड १२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४५ करोड १२ लाख र अल्पकालीन कर्जाका लागि ३२ करोडको रेटिङ गराएको हो, जसमा कम्पनीले ए टु रेटिङ पाएको छ ।

सन्  २००४ मा स्थापना भएको कम्पनी नेपालमा फिनटेक उद्योगको स्थापित कम्पनी हो । सन् २०२३ सम्ममा १२० बैंक तथा वित्तीय (५५ वटा लघुवित्तमध्ये ९ वटाबाहेक)ले कम्पनीले निर्माण गरेको मोबाइल तथा इन्टरनेट बैंकिङ सफ्टवेयर प्रयोग गर्दै आएका छन् । एफवान सफ्ट ग्रुपले बल्क ट्रेडिङ अफ डिजिटल टप अप र एसएसमएस सर्भिसका साथै इन्टरनेटको पनि सेवा दिँदै आएको छ ।


क्लिकमान्डु