सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै अप्पर स्याङ्गे हाइड्रोपावर



काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले ६ करोड ५० हजार रुपैयाँको ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने जनाएको छ । जसमा ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष, १३ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएको छ । ५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।

असार १० गतेदेखि निष्कासन हुने आईपीओमा १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर आवेदन दिन सक्नेछन् र यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


क्लिकमान्डु