विदेशमा रहेका नेपालीका लागि आइएमई लाइफको आईपीओ निष्कासन




काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको हो ।

कम्पनीले अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई आजदेखि सेयर निष्कासन गरेको हो ।

विदेशमा रहेका नेपालीले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आवेदनकर्ताले सी-आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


क्लिकमान्डु