नवलपरासीको महेशपुर सीमा नाका क्षेत्रमा तस्करी बढ्यो



नवलपरासी । नवलपरासी जिल्लाको भन्सार नाका महेशपुर क्षेत्रबाट चोरी तस्करी बढेको छ ।

भन्सार विभागका एक उपमहानिर्देशकले सीमा नाका नजिकैबाट लत्ताकपडा लगायतका घरेलु उपभोगका सामानको चोरी तस्करी बढेको जानकारी दिए ।

भन्सार कार्यालय, सीमा सुरक्षा बल, जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयको लापरबाहीले सीमा क्षेत्रबाट तस्कारी बढेको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

‘स्थानीयबासीहरुले चोरी तस्कारी बढेको गुसानो विभागमा गरेका छन्,’ विभागका एक उपसचिवले भने,‘तर, जिल्लाका कार्यालयले प्रभावकारी काम गर्न सकेको छैनन्। हाम्रो भन्सार कार्यालयले गाडी नहुँदा गस्ती गर्न नसकेको गुनासो गरेका थिए । हिँजोमात्रै कार्यालयमा पिकअफ गाडी पठाएका छौं ।’

विभागले भन्सार कार्यालयलाई प्रणालीबाट आउने सामानमा भन्दा पनि सीमा क्षेत्रबाट हुने अवैध कारोबारलाई निग्रानी गर्न निर्देशन दिएको विभागका महानिर्देशक शोभाकान्त पौडेल बताउँछन् ।

‘लत्ताकपडाको तस्कारी बढ्यो भन्ने सुचना आएपछि कार्यालयमा गाडी पठाएर निग्रानी बढाउन निर्देशन दिएका छौं,’ पौडेलले भने ।


क्लिकमान्डु