जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको मुख्य भूमिका: चन्द्रप्रसाद ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको मुख्य भएको बताएका छन् । ५० प्रतिशत भन्दा बढि विद्युत निजि क्षेत्र बाट भएको बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणमा विद्युत निर्यातको बिषयमा सम्झौता हुनु नेपालका लागि निकै उपलब्धिमुलक भएको बताएका छन् ।

आगामी दिनमा निजी क्षेत्रमा विदेशी लगानी भित्र्याउन, आन्तरिक लगानी गर्ने केही क्षेत्रमा विद्युत पनि भएको उनले बताए । ‘अहिले बिमिस्टेको बैठकमासमेत नेपालको बिजुलीको बिषयमा कुरा भएको छ । अहिले पीपीए, ट्रान्समिसन लाइनको समस्या रहेको, उत्पादनमा गएको विद्युत ट्रान्समिसन लाइन नभएकोले यो समस्या तत्काल समाधान गर्न आवश्यक छ’ उनले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भारतले नेपालबाट भारतले १० हजार मेगावाट बिद्युत किन्ने सम्झौता गर्नु निकै उपलब्धिमुलक भएको बताए ।

नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न र माथि उड्ने आधार उर्जा नै भएको बताए ।

इप्पानको २१ औं वार्षिक उत्सवका अवसरमा उनले सरकारले सबैलाई पीपीए गर्ने व्यवस्था मिलान आग्रह गरे । नेपालमा उर्जाको विकासमा लगानीको वातावरण हुने होभने खर्बौं रुपैया लगानी भित्रने र लाभ लिन सक्ने उनले बताए ।

उर्जा व्यापार गर्न निजी क्षेत्रलाई उनले सुझाव दिए । देश सम्वृद्धितर्फ जाने आधार नै जलविद्युत भएको उनले बताए ।


क्लिकमान्डु