इप्पानमा उम्मेदवारी दर्ता गर्न नदिएको भन्दै मल्लले दिएको रिट खारेज



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आसन्न निर्वाचनमा उम्मेदवारी दर्ता गर्न नदिएको भन्दै किरण मल्लले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदन खारेज भएको छ ।

अध्यक्षका प्रत्यासी मल्लले उम्मेदवारी दर्ता गर्न नदिएको भन्दै अदालतमा मुद्दा दायर गरे पनि उनले इप्पान अध्यक्षका लागि १६औं नम्बरमा उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचन समितिले मल्लको उम्मेदवारी दर्ता भएको प्रमाण उच्च अदालतलाई दिएसँगै उनको रिटमा निर्वाचन रोक्न माग गर्दै मागिएको अन्तरिम आदेश दिन नपर्ने फैसला भएको छ । यससँगै इप्पानको नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया नरोकिने भएको छ ।


क्लिकमान्डु