सोलुखुम्बुमा ४.९ मेगावाटको माथिल्लो जुनवेशी हाइड्रोपावर बन्दै



काठमाडौं । कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिकामा ४.९ मेगावाट क्षेमताको माथिल्लो जुनवेशी जलविद्युत आयोजनाको निर्माण हुने भएको छ ।

विद्युत विकास विभागले एक सूचना प्रकाशित गर्दै आयोजना निर्माण गर्नका लागि गोर्खाज हिमालय हाइड्रो प्रालिले अनुमतिपत्रका लागि दरखास्त दिएको जानकारी दिएको हो ।

सोलुदुधकुण्ड नगरपालिकामा बग्ने कोन्जोक खोला र बासा खोलामा उक्त जलविद्युत आयोजना निर्माण गर्नका लागि गोर्खाज हिमालय हाइड्रोले अनुमति पत्रको लागि दरखास्त दिएको विभागले जनाएको छ ।

अर्धजलाशययुक्त नदी प्रहावमा आधारित आयोजनाको जडित क्षमता ४.७ मेवागाट रहनेछ । यो आयोजनाबाट वार्षिक रुपमा २८.८८ गिगावाट घण्टा विद्यूतीय उर्जा उत्पादन हुनेछ । आयोजनामा दुई बाँधहरु निर्माण गरिनेछ, जसमध्ये मुख्य बाँध कोन्जोक खोलामा रहनेछ ।

आयोजनाबाट उत्पादित विद्युतलाई विद्युत गृहको स्वीचयार्डबाट ३३ केभीको सिंगल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको तिङ्ला सबस्टेसनमा जोडिनेछ ।

विभागकाअनुसार यो आयोजना २०८३ असोज १४ गतेबाट विद्युत उत्पादन हुने गरि प्रस्ताव गरिएको छ ।


क्लिकमान्डु