तीन वटा कोर्षमा ६० जना विद्यार्थी पढाउँदै नेफ्स्कुन



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले ६० जना विद्यार्थीलाई पढाउने भएको छ ।

नेफ्स्कुनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) सँगको सम्बन्धनमा छोटो अवधिका शैक्षिक सत्र २०८० का लागि भर्ना खोलेको छ । जसमा सहकारी व्यवस्थापक कोर्षको कक्षा ६०० घन्टा हुनेछ । उक्त कोर्ष अध्ययनका लागि कम्तिमा स्नातक उत्तिर्ण गरेको हुनुपर्ने छ । यसका लागि सीट संख्या २० रहेको छ ।

यस्तै ४० घन्टा अवधिको बचत परिचालन कोर्ष पढाउने भएको छ । यसका लागि कम्तिमा एसईई उत्तिर्ण गरेको हुनुपर्ने छ । यसमा २० जनाका लागि मात्रै सीट रहेको छ ।

यस्तै रिसेप्सनिष्ट कम क्यासियरका लागि ३९० घन्टाको कक्षा दिने छ । यसका लागि पनि एसईई उत्तिर्ण गरेको हुनुपर्ने छ । सीट संख्या २० रहेको छ । यो कोर्ष अध्ययनका लागि आवेदन निः शुल्क रहेको नेफ्स्कुनले जनाएको छ । असार ३१ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ ।


क्लिकमान्डु