सेबोनले दियो ४ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको काम गर्न स्वीकृति, संख्या १३५ पुग्यो



काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको काम गर्न थप ४ कम्पनीलाई स्वीकृति दिएको छ ।

थपिएका ४ वटा कम्पनीले वैशाख १० गते स्वीकृति पाएका थिए । बोर्डले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२, लागत इन्भेष्टमेन्ट प्रालि, राष्ट्रिय वाणिज्य बैंक र टु नर्थ एसोसिएट्स प्रालिलाई स्वीकृति दिएको छ ।

थप ४ सँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न योग्य कम्पनीको संख्या १३५ पुगेका छन् ।

धितोपत्र बोर्डले विभिन्न चरणमा कम्पनीलाई स्वीकृति प्रदान गर्दै आएको छ । यसअघि २०७९ कात्तिक १५ गते एकै दिन ७ वटा कम्पनीलाई स्वीकृति दिएको थियो । त्यसपछि स्वीकृति दिएको थिएन ।


क्लिकमान्डु