सेयर बजारमा सामान्य सुधार, ८९ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ७.७९ अंकले बढेर परिसूचक १९८७.८७ बिन्दुमा रोकिएको छ ।

२८५ कम्पनीको ७४ लाख ५४ हजार कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३.०१, होटल ४५१.९९, जीवन बीमा ७.६६, उत्पादन तथा प्रशोधन १०२.९९, माइक्रोफाइनान्स समूहको उपसूचक १४.९४ अंकले बढेको छ । यस्तै विकास बैंक १८.६३, वित्त १६.२५, जलविद्युत ७.८८, निर्जीबन बीमा समूहको उपसूचक ५.७० अंकले घटेको छ ।

कारोबारमा अभियान लघुवित्त वित्तीय संस्था, कालिन्चोक दर्शन, भुगोल इनर्जी डभलपमेन्ट कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । कारोबारमा प्रभु स्मार्ट फण्डको सेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ । होटलको १५ करोड २८ लाख ५८ हजार ८२१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्ट्रिलरी र शिव श्री हाईड्रोपावर रहेको छ ।


क्लिकमान्डु