एनआईसी एसिया लघुवित्तले धितोको सम्पत्ति लिलाम गर्दै



काठमाडौं । एनआईसी एसिया लघुवित्तले धितोको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ ।

लघुवित्तले आफूबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गर्दापनि तर्जा तिर्न बेवास्ता गरेका ऋणिहरुको नाममा ७ दिने सूचना प्रकाशित गर्दै धितोमा राखिएको सम्पत्ति बिक्री गर्ने जनाएको हो ।

लघुवित्तले समयमा कर्जा नतिर्ने र पटक पटक तरताकेता गर्दा पनि बेवास्ता गर्ने ऋणिहरुको कर्जाको सुरक्षण पावत धितो लेखिदिएको चलअचल सम्पत्ति जे जस्तो अवस्था र परिणाममा छ, सोही अवस्थामा प्रचलित कानूनको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गरि कर्जाको रकम असुल गर्ने सूचनामा उल्लेख गरेको छ ।

धितोमा रहेका सम्पत्ति गौव्य शिलबन्दीमार्फत खरिद गर्न इच्छुकहरुलाई लघुवित्तले ७ दिनमा कार्यालय समयमा बोलपत्र फारम भरेर बोलपत्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित सूचनाकाअनुसार लघुवित्तको बाराको परवानीपुर शाखा कार्यालयका ऋणि श्रीलाल महतो नुनियाले कर्जा लिँदा धितोमा राखेको मालपोत कार्यालय कलैया, बाराको लगतमा दर्ता कायम रहेको बाराको नकटुवा वडा नम्बर ७ को कित्ता नम्बर ५५६ क्षेत्रफल १२३.९९ वर्गमिटरको जग्गा, सो जग्गाले चर्चेको र भविष्यमा चर्चने सम्पूर्ण लिगलगापात समेत लिलाम बिक्री गरिनेछ ।

त्यस्तै, बाराको परवानीपुर शाखाकै ऋणि सुनिल पंडितले कर्जा लिँदा धितोमा राखेको मालपोत कार्यालय पर्साको लगतमा दर्ता कायम रहेको पर्साको लालपर्सा वडा नम्बर ५ स्थित कित्ता नम्बर २४६ क्षेत्रफल ८४६.५६ वर्गमिटरको जग्गा, सो जग्गाले चर्चेको र भविष्यमा चर्चने सम्पूर्ण लिगलगापात समेत लिलाम बिक्री गरिने लघुवित्तले जनाएको छ ।

सोही शाखा कार्यालयका ऋणि अर्जुन महतो धानुकले कर्जा लिँदा धितोमा राखेको मालपोत कार्यालय पर्साको लगतमा दर्ता कायम रहेको पर्साको बगही वडा नम्बर ०७ स्थित कित्ता नम्बर ७२३ क्षेत्रफल ६७७.२६ वर्गमिटरको जग्गा, सो जग्गाले चर्चेको र भविष्यमा चर्चने सम्पूर्ण लिगलगापात समेत लिलाम बिक्री गरिनेछ ।

त्यस्तै, सुर्खेतको जामुनेबजार शाखाबाट कर्जा लिने ऋणि मान देव खत्रीले कर्जा लिँदा धितोमा राखेको मालपोत कार्यालय मेहेलकुना, सुर्खेतको लगतमा दर्ता कायम रहेको सुर्खेत जिल्ला, कोटमाझखर्क वडा नम्बर ०१ स्थित कित्ता नम्बर २० क्षेत्रफल १४४४.६७ वर्गमिटरको जग्गा, सो जग्गाले चर्चेको र भविष्यमा चर्चने सम्पूर्ण लिगलगापात समेत, इलामको तिनघरे शाखा कार्यालयबाट कर्जा लिने ऋणि रमेश राईले कर्जा लिँदा धितोमा राखेको मालपोत कार्यालय इलामको लगतमा दर्ता कायम रहेको इलामको जिर्मले वडा नम्बर ६ स्थित कित्ता नम्बर १३६ र १३४ क्षेत्रफल ४–०–०–० (२०३४÷९६), ० –७–०–० (२२२.५७)को जग्गा, सो जग्गाले चर्चेको र भविष्यमा चर्चने सम्पूर्ण लिगलगापात समेत लिलाम बिक्री गरिने लघुबित्तले जनाएको छ ।

पर्साको डकैला शाखाका ऋणि हरिशंकर प्रसाद कानुले धितोमा राखेको मालपोत कार्यालय पर्साको लगतमा दर्ता कायम रहेको पर्साको सखुवाप्रसौनी वडा नम्बर ५ स्थित कित्ता नम्बर २१४ क्षेत्रफल १४११.४३ वर्गमिटरको जग्गा र सो जग्गाले चर्चेको तथा भविष्यमा चर्चने सम्पूर्ण लिगलगापात समेत, नवलपरासी बरुवा शाखाका ऋणी शुशिल देवी चौधरीले धितोमा राखेको मालपोत कार्यालय परासी, नवलपरासीको लगतमा दर्ता कायम रहेको नवलपरासीको माकर वडा नम्बर ०७ स्थित कित्ता नम्बर १०१६ क्षेत्रफल १६९.३४ वर्गमिटरको जग्गा, सो जग्गाले चर्चेको र भविष्यमा चर्चने सम्पूर्ण लिगलगापात समेत, सोही शाखा कार्यालयका ऋणि बिमला कुमारी थरुनीले धितोमा राखेको जग्गा मालपोत कार्यालय परासी, नवलपरासीको लगतमा दर्ता कायम रहेको नवलपरासीको जमुनीया वडा नम्बर ०४ स्थित कित्ता नम्बर ८४ क्षेत्रफल १६९.३२ वर्गमिटरको जग्गा, सो जग्गाले चर्चेको र भविष्यमा चर्चने सम्पूर्ण लिगलगापात समेत र ताप्लेजुङको वीरेन्द्रचोकबाट कर्जा लिने मनिता लिम्बुले कर्जा लिँदा धितोमा राखेको मालपोत कार्यालय ताप्लेजुङको लगतमा दर्ता कायम रहेको ताप्लेजुङ्गको दोखु वडा नम्बर ०७ स्थित कित्ता नम्बर १३२५ को क्षेत्रफल ०–५–०–० रोपनीको जग्गा, सो जग्गाले चर्चेको र भविष्यमा चर्चने सम्पूर्ण लिगलगापातसमेत लिलाम बिक्री गरिने लघुबित्तले सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै, कैलालीको मसुरिया शाखा कार्यालयबाट कर्जा लिने ऋणि दल कुमारी रजालीले कर्जा लिँदा धितोमा राखेको मालपोत कार्यालय कैलालीमा दर्ता कायम रहेको कैलालीको रामशिखरझाला वडा नम्बर ०६ स्थित कित्ता नम्बर ५९८ क्षेत्रफल ९३१.२६ वर्गमिटरको जग्गा, सो जग्गाले चर्चेको र भविष्यम चर्चने सम्पूर्ण लिगलगापात समेत लिलाम बिक्री गरिने लघुबित्तले जनाएको छ।

लघुवित्तले प्रकाशित गरेको सूचनाकाअनुसार सूचना प्रकाशित भएको ७ दिनमा बोलपत्र फारममा भरेर लिलम बिक्रकिा लागि बोलपत्र आवेदन पेश गर्न सकिनेछ । लिलाम प्रक्रियाबाट धितोमा रहेको सम्पत्ति लिलाम बिक्री हुन नसकेमा वा लिलम बिक्री भई लघुवित्तले असुल उपर गर्नुपर्ने सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८, सोको नियमावली २०५९ तथा प्रचलित कानून बमोजिम ऋणि तथा जमानीकर्ताको अन्य चल अचल जायजेथा, श्रीसमपत्तिबाट समेत बाँकी लेना रकम असुल उपर गरिने लघुवित्तले जनाएको छ ।


क्लिकमान्डु