सेयर बजारसँगै कारोबार रकममा देखियो उत्साह




काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुदेखि नै बजारमा सुधारको संकेत देखिएको थियो । अन्तिम समयमा बजार ४०.४८ अंकले बढेर परिसूचक १९८०.०९ बिन्दुमा पुगेको छ । यो दिन समग्र बजार २.०९ प्रतिशतले बढेको छ ।

२७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन बजार बढ्नुका साथै कारोबार रकम समेत ह्वात्तै बढेको छ ।

कारोबारमा २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा बैंकिङ समूहको ८.८९, विकास बैंक १६५.५५, वित्त ९१.८८, होटल ५२.४५, जलविद्युत ५६.०४, जीवन बीमा १८७.९०, उत्पादन तथा प्रशोधन १७१.१३, माइक्रोफाइनान्स ८२.७९, निर्जीबन बीमा समूहको उपसूचक १६५.२२ अंकले बढेको छ ।

कारोबारमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । सिटि होटल, गुहेश्वरी मर्चेन्ट बैंकिङ, रिलायन्स फाइनान्स कम्पनीको सेयरमा लगानीगर्ने लगानीकर्ताको सेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा नागरिक लगानी कोष पहिलो स्थानमा रहेको छ । कम्पनीको ११ करोड ४७ लाख २४ हजार ५१८ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु