रिलायन्स फाइनान्सको लाभांश घोषणा, बोनस कति ?
काठमाडौं । रिलायन्स फाइनान्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि०.३४ प्रतिशतसहित ६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।