कान्तिपुर टेलिभिजनले ९ महिनामा गर्‍यो २१ करोड आम्दानी



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड (केटीभी) ले ९ महिनामा २१ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा २१ करोड रुपैयाँ आम्दानी गरेको हो ।

त्यस्तै, कम्पनीले सन् २०२२ मा ३७ करोड ८० लाख, सन् २०२१ मा ३२ करोड ४० लाख, सन् २०२० मा ३१ करोड २० लाख र सन् २०१९ मा ३७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानी चालू आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा २५ प्रतिशतले घटेको हो । यो वर्ष आर्थिक मन्दीले विज्ञापन घट्दा आम्दानी र नाफा दुबै घटेको उल्लेख छ ।

कम्पनीले सन् २०२२ मा ३१ प्रतिशत नाफा बढाएको थियो । तर, यो वर्षको ९ महिनाको अवधिमा २२ प्रतिशत मात्र नाफा बढाएको छ ।

सन् २००० मा स्थापना भएको कम्पनी सन् २०२१ को जुलाईमा पब्लिक कम्पनीमा परिणत भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओे जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले टेलिभिजनसँगै प्रिन्ट, इलेक्ट्रोनिक र रेडियो स्पेक्ट्रम कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल कान्तिपुर टेलिभिजन र कान्तिपुर सिनेप्लेक्स एचडी सञ्चालनमा छन् । कैलास सिरोहियाको २९ प्रतिशत हिस्सा रहेको कम्पनीमा ११ जनाको स्वामित्व छ।


क्लिकमान्डु