वैशाखयता २७ सहकारी कालोसूचीमाः लालीगुराँस, सुमेरु, तुलसी, जेष्टदेखि शिवशिखरसम्म



काठमाडौं । वैशाखयता २७ वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार केही सहकारी पहिलो पटक कालोसूचीमा परेका हुन् भने केही पटक-पटक परेका छन् । कालोसूचीमा धेरै नाम चलेका सहकारीसमेत परेका छन् ।

विभिन्न व्यक्ति र संघ-संस्थाले दिएको उजुरीका आधारमा केन्द्रले ती सहकारीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा बचत तथा ऋण सहकारी, बहुद्देश्यीय सहकारी, कृषि सहकारीलगायत छन् ।

केन्द्रका अनुसार लालीगुराँस सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, सुमेरु सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, जेष्ट सेभिङ क्रेडिट को-अपरेटिभ, शिवशिखर मल्टिपपर्स को-अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था, शान्ति सन्देश सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, उपलब्धि मल्टिपपर्स को-अपरेटिभ, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था, अष्ट सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, असर्फी सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, सम्बर्धन सेभिङ एन्ड क्रेडिट को-अपरेटिभलगायत छन् ।

लालीगुराँस सेभिङ एन्ड क्रेडिट को-अपरेटिभको धनबहादुर तामाङ, ढुण्डीराज बम्जन तामाङ र सोम थापामगर रहेका छन् ।

यस्तै गत वर्ष २ पटक कालोसूचीमा परेका कलाकार मधुसुदन पाठक ‘सितेबा’ को सहकारी जेस्ट सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ २ पटक कालोसूचीमा परिसकेको छ । सहकारीका बद्रीप्रसाद हुमागाईं, इन्दिरा अधिकारी, मधुसुदन पाठक, निशा रिमाल कार्की, राज तुलाधर र सुशील सिग्देल कालोसूचीमा परेका हुन् ।

सुमेरु सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ यो वर्ष नै ५ पटक कालोसूचीमा परिसकेको छ । सुमेरूका विकास महर्जन, विनोद आचार्य, दिलिपकुमार डंगोल, हेमराज ढकाल, रामकृष्ण अवाले, रमेश महर्जन, सुनिल डंगोल, स्वच्छन्द मानन्धर कालोसूचीमा छन् ।

तुलसी बहुमुखी सहकारी संस्था ९ पटक कालोसूचीमा परेका छ । सो सहकारीका केदारनाथ शर्मा, मन्दिप खवास र सविना न्यौपाने कालोसूचीमा परेका छन् ।

शिवशिखर बहुद्देश्यीय सहकारी संस्था पनि कालोसूचीमा परेको छ । केन्द्रले सहकारीका अमिश राजभण्डारी, बोझराज पोडेल, केदारनाथ शर्मा, लीलानाथ गौतम, पुष्कर मल्ल, राजु साख:कर्मी, शिवप्रसाद पौडेल, सुशील बस्नेत र तेजबहादुर तामाङ कालोसूचीमा राखेको छ ।

कालोसूचीमा पर्ने शान्ति सन्देश सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका मुरारी कोइराला, राजेन्द्रकुमार कार्की, शिवप्रसाद घिमिरे, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्थाका देवराज न्यौपाने, कृष्णबन्धु रेग्मी, राजकुमार तामाङ, रमिला बस्नेत, सुष्मा सापकोटा छन् ।

त्यस्तै सम्वर्धन सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका चण्डिका खड्का, दिनेश कालिकोटे, प्रकाश लकाई रहेका छन् । यो सहकारी २ पटक कालोसूचीमा परेको छ ।

अष्ट सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका अनिल खड्का, कुम्भराज जोशी, सुनिल खड्का, जीवन बुढाथोकी, असर्फी सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका अविनास कार्की, विदुर शिवाकोटी, कृष्णकुमारी आले, मीनाकुमारी थापा र टेकबहादुर आले छन् । उत्तम सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका दुर्गाराज न्यौपाने र लक्ष्मी श्रेष्ठ कालोसूचीमा छन् ।

त्यसैगरी माँ अम्बे बचत तथा ऋण सहकारीका विजयकुमार छिनाल र निर्मलकुमार सिंजाली छन् । यो संस्था पनि दुईपटक कालोसूचीमा परेको छ ।

ऊर्जाशील बचत तथा ऋण सहकारीका दिपेन्द्र ढकाल, दिवस लामिछाने र सूर्यप्रसाद भण्डारी तथा स्वस्तिक बचत तथा ऋण सहकारीका अजय श्रेष्ठ, दिनेश अधिकारी र तुल्सी केसरी प्रजापति कालोसूचीमा परेका छन् । यो संस्था दुईपटक कालोसूचीमा परेको छ ।

यस्तै तिरुपति बचत तथा ऋण सहकारीका नरेश बस्नेत, पवन सुवेदी र राजु घर्ती कालोसूचीमा परेका छन् । यो संस्था पनि दुईपटक कालोसूचीमा परेको छ ।

स्वस्तिक बचत तथा ऋण सहकारीका अजय श्रेष्ठ, दिनेश अधिकारी, तुल्सीकेशरी प्रजापति कालोसूचीमा परेका छन् । यो संस्था पनि तीन पटक कालोसूचीमा परेको छ । प्रारम्भिक बचत तथा ऋण सहकारीका अनिषा भुसाल, चन्द्रकला मिश्र, गणेश न्यौपाने, गीता भुसाल, जितेन्द्र बसुकला, मिकमार तामाङ, सरिता केसी कालोसूचीमा परेका छन् । यस्तै सन्ध्या बचत तथा ऋण सहकारीका खेमकुमारी राई, मानप्रसाद राई, रामकृष्ण उप्रेती कालोसूचीमा परेका छन् । यो संस्था दुईपटक कालोसूचीमा परेको छ ।

नयाँ तारा बचत तथा ऋण सहकारी संस्थाका विशाल केसी, कविता सुनुवार, रन्त रम्तेल र सन्तोषकुमार अछामी, सुमार्ग बचत तथा ऋण सहकारीका गणेशबहादुर कार्की र  सन्ध्या थापा तथा मेगा ड्रिम मल्टिपर्पोज को-अपरेटिभका अन्जिला खत्री, महाशंकर रेग्मी र रविनकुमार कार्कीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ । मेगा योसहित दुईपटक कालोसूचीमा परेको छ ।

दीपोदय बहुद्देश्यीय सहकारीका कृष्णकुमार प्रसाईं र नरेन्द्र गुरुङ, शिवशिखर मल्टिपपर्स को-अपरेटिभका सुशील बानियाँ, युवराज थापा र लीलानाथ गौतम कालोसूचीमा परेका छन् । शिवशिखर दुईपटक कालोसूचीमा परिसकेको छ । तीनपटक कालोसूचीमा परेको सनराइज बचत तथा ऋण सहकारीका ढुण्डीराज गौतम, कृष्णप्रसाद ज्ञवाली र नरेन्द्रबहादुर रिमाल कालोसूचीमा छन् ।

कर्जा सूचना केन्द्रले ग्लोबल बहुमुखी सहकारी संस्थाका भोलाप्रसाद यादव, लीलाकुमारी ठाकुर र सविताकुमारी यादव तथा अविनाश पशुपन्छीपालक कृषि सहकारी संस्थाका चुडामणि पाण्डे, केशव रिजाल र शेषमणि भण्डारीलाई कालोसूचीमा राखेको छ ।


क्लिकमान्डु