सेयर बजारमा दोहोरो अंकको सुधार, १८५ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक २५.६६ अंकले बढेर परिसूचक १९२७.६५ बिन्दुमा रोकिएको छ ।
२६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक १.८०, विकास बैंक २७.४८, वित्त १८.५५, होटल २२५.१५, जलविद्युत ७५.७५, जीवन बिमा १५६.९४, उत्पादन तथा प्रशोधन ४८.३३, माइक्रोफाइनान्स ३२.४६, निर्जीबन बीमा ४३१.६९ अंकले बढेको छ । कारोबारमा न्यादी हाईड्रोपावर, सनराइज फोकस इक्विटी फण्ड, सोल्टि होटल, प्रभु इन्स्योरेन्सको सेयर मूल्य बढेको छ ।