इप्पानमा लाग्यो चुनावः अध्यक्षमा कार्की, अन्य पदमा को- को ?



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा निर्वाचन चुनाव लागेको छ । जेठ ३२ गते इप्पानको २१ औं साधारणसभा रहेको छ । सभाले नयाँ कार्यसमिति चयन गर्नेछ ।

इप्पानमा निर्वाचन गर्ने भन्दा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने तयारीमा वर्तमान र पूर्व अध्यक्षहरु रहेका छन् । इप्पानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन हुनुपर्ने बताए ।

अध्यक्षले नेतृत्व सर्वसम्मत हुनुपर्ने बताइरहँदा सोमबार अहिलेको कार्यसमितिका रहेका केही पदाधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार अहिलेका उपाध्यक्ष गणेश कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै उपाध्यक्ष मोहन डाँगीले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षका लागि राम आचार्य, उत्तम ब्लोन लामा, आनन्द चौधरी, भरत खत्री र हिम पाठक प्रतिस्पर्धामा रहेका छन् ।

महासचिवमा अहिलेका सचिव बलराम खतिवडाले उमेद्वारी दिने भएका छन् । यस्तै उप–महासचिवमा अहिले सदस्य प्रकाशचन्द्र दुलालले उमेद्वारी दिने घोषणा गरेका छन् । यस्तै कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।


क्लिकमान्डु