थप ११ वटा संस्थालाई ब्रोकर लाइसेन्स



काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ संस्थालाई ब्रोकल लाइसेन्स दिने निर्णय गरेको छ ।

बोर्डले सोमबार धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका थप ११ वटा निवेदनलाई अनुमति दिएको जनाएको छ ।

यी संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि., इन्डेक्स सेक्यूरिटिज लि., शुभकामना सेक्यूरिटिज प्रा. लि, मेघा स्टक मार्केट्स लि., हातेमालो फाइनान्सियल सर्भिसेस प्रा. लि., मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि., माछापुच्छ्रे सेक्युरिटिज लि., के.वि.एल. सेक्यूरिटिज लि., कलश स्टक मार्केट प्रा.लि र नबिल सेक्युरिटिज लि. ले अनुमति पाएको बोर्डले जनाएको छ ।


क्लिकमान्डु