लगानीकर्तासँगको वार्ता सकियो, थप कर लगाउने गरी आर्थिक ऐनमा व्यवस्था छैन: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले थप कर लगाउने गरी आर्थिक ऐनमा कुनै व्यवस्था नगरिएको बताएका छन् ।

आइतबार बिहान सेयर कारोबार बन्द गर्ने प्रयास गर्दै अर्थमन्त्रालय पुगेका सेयर लगानीकर्तासँगको छलफलमा मन्त्री महतले सरकारले थप कर लगाउने कुनै योजना नरहेको भन्दै चिन्तित नहुने आग्रह गरेका छन् ।

‘तपाईंहरुले विगतदेखि जसरी कर तिरिरहनु भएको छ, त्यसमा कुनै परिवर्तन भएको छैन’, मन्त्री महतले भने ‘त्यसैले आन्दोलनको गर्नुको कुनै अर्थ छैन । सरकारले सेयर बजारलाई निरुत्साहित गर्ने कुनै सोच बनाएको छैन ।’

आन्दोलनतर सेयर लगानीकर्तालाई सम्बोधन गरेर मन्त्री महत बाहिरिएपछि मन्त्रालयले प्रकृतिक व्यक्तिको हकमा साविक बमोजिमको व्यवस्था काम रहेको विज्ञप्ति जारी गरेको छ ।

पनि लगानीकर्ताहरु भने मन्त्रालयको तर्फबाट आधिकारिक विज्ञप्ति माग गर्दै मन्त्रालयको सूवर्ण हलमा बसिरहेका छन् ।

आन्तरिक राजस्व विभागकाले गत बुधबार पटके लगानीकर्तालाई ५ र साढे ७ अन्तिम कर र व्यवसायीक प्रयोजनका लागि कानून अनुसार कर लाग्नेभन्दै विज्ञप्ति निकालेको थियो ।

बिहीबार लगानीकर्ताको संघ सगठनसँगको छलफलपछि प्राकृतिक व्यक्तिलाई ५ र साढे ७ अन्तिम कर, व्यवसायीक प्रयोजनका लागि कानुनअनुसार कर लाग्ने विज्ञप्ति निकालेको थियो ।

लगानीकर्ताका संघ संगठनहरुले सेयर बजारमा लाग्ने सबैखाले कर अन्तिम हुनुपर्ने माग गर्र्दै आएका छन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै आर्थिक ऐनको दफा २९ बमोजिम निष्कृय गर्ने र सेयर बजारको कर अन्तिम नै हुने प्रतिबद्धता जनाउनु पर्ने माग गरिरहका छन् ।


क्लिकमान्डु