सेयर लगानीकर्ताको आन्दोलन असफल, कारोबार सुरु




काठमाडौं । सेयर लगानीकर्ताले आन्दोलन गरिरहे पनि कारोबार समय भन्दा ६ मिनेट ढिला सेयर कारोबार खुलेको छ ।

आन्दोलनरत सेयर लगानीकर्ता अर्थ मन्त्रालयमा अर्थमन्त्री डा प्रकाशशरण महत, अर्थ सचिव अर्जुन पोखरेल, आन्तरिक राजस्व विभागका महानिर्देशन दीर्घराज मैनालीसहित वार्तामा बसिरहेको बेला कारोबार भने खुलेको छ ।

सेयर कारोबार बाट भएको आम्दानीमा आयकर लाग्ने भएपछि सेयर लगानीकर्ता आन्दोलनमा रहेका छन् । उनीहरुले बिहीबार देखि ब्रोकर बन्द गराउँदै हिडेका थिए । ब्रोकरहरुको मौन समर्थनमा लगाानीकर्ताहरुले आइतबार बिहानै देखि ब्रोकर नखोल्न सूचना टाँस्दै हिडेका थिए ।

मन्त्रालयमा छलफल भएपछि कारोबार सुरु भएको छ । यो समाचार तयारपार्दासम्म ५ कम्पनीको ६४ कित्ता सेयर ३१ हजार ९९१ रुपैयाँको सेयर किनबेच भएको छ । बजार ०.१२ अंकले घटेर परिसूचक १८६६.२२ बिन्दुमा झरेको छ ।

आन्दोलनरत लगानीकर्ता अहिले सेयर लगानीकर्ता र सरकारी अधिकारीबीच अर्थ मन्त्रालय छलफल भइरहेको छ ।


क्लिकमान्डु