कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ निष्कासन
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको १ लाख २१ हजार ८६८ कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्ने भएको छ ।
दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका-९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु), भिमेश्वर नगरपालिका–१ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १८ हजार ६ सय रुपैयाँ १२ हजार १८६ कित्ता सेयर छुट्याइएको छ । आईपीओमा आयोजना प्रभावित र स्थानीयले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजन प्रभावितले असार १ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आसर १ गतेभित्र आवेदन दिनसक्नेछन् ।
आयोजना प्रभावित स्थानीयले लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स र सिद्धार्थ बैंकका स्थानीय शाखाबाट आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।