संसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेजीका लागि संघीय संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ मा सार्वजनिक गरेको बजेटमा संसद विकास कोषलाई ब्यूँत्याएर प्रतिसंसद ५ करोड रुपैयाँ बजेट छुट्याएका थिए । यसका लागि कुल ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको छ । जसको बिरोध भइरहेको छ।

सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम ब्यूँताएर जनतामा आर्थिक भार थपेको भन्दै रास्वपाले बिरोध जनाएको हो । यस शीर्षकमा विनियोजन भएको बजेट तत्काल अन्य आवश्यक विकास निर्माणका कार्यमा परिचालन गर्नुपर्ने रास्वपाले माग गरेको छ ।

संकल्प प्रस्तावमा पार्टीले संसद विकास कोष खारेज गर्नुपर्ने तीनवटा कारणहरु उल्लेख गरेको छ ।

अर्थतन्त्र धराशयी भएको, विकेन्द्रीकरणको अवधारणा विरुद्ध रहेको, भ्रष्टाचारलाई बढावा दिने लगायत भएको भन्दै उसले उक्त कार्यक्रम खारेजी गर्नु पर्ने जनाएको छ ।


क्लिकमान्डु