स्थानीयले नकिनेको सेयर थपे सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै रावा इनर्जी डेभलपमेन्ट कम्पनी
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर थपेर आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
आईपीओमा आवेदनकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड ४० लाख रुपैयाँको ८ लाख ४० कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ८७ हजार ६७० कित्ता आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट गरेको छ ।
स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरेर ६ लाख ९६ हजार ३३० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषलाई ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ ।
६ लाख ४३ हजार ६६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा जेठ ३२ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।