रवि लामिछाने किन गए भारत ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने औपचारिक भारत भ्रमणमा रहेका बेला रास्वपा सभापति लामिछाने पनि भारत पुगेका हुन् ।

लामिछाने बुधबार भारत गएको उनका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार श्रीमती निकिता पौडेलका साथ लामिछाने भारतको मुम्बई गएका हुन् । पारिवारिक भेटघाटका लागि लामिछाने दम्पत्ति मुम्बई गएको उनको दाबी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकै दिन उनी भारत पुगेका हुन् । लामिछानेसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाई एवं विश्व हिन्दू महासंघको भारत देशीय राष्ट्रिय अध्यक्ष प्रह्लाददास दामोदर राव मोदीले नेपाल मै आएर भेट गरेका थिए ।


क्लिकमान्डु